पाँचथर । नयाँ बर्षको अवसर पारेर पाँचथरको फालेलुङ गाँउपालिका ४ चाररातेमा चौँरी महोत्सवको तयारी गरिएको छ । नयाँ वार्षसँगै महोत्सवको छैठौं सस्करण यो वर्ष चैत ३० देखि बैशाख २ गतेसम्म सञ्चालन हुने भएको छ ।
चौँरी संस्कृतिको विकास गर्दै जैविक विविधताको संरक्षण गर्ने उद्देश्य राखेर ‘छैटौँ फालेलुङ चौँरी पर्यटन महोत्वस २०८०’ को तयारी गरिएको पाँचथर सदरमुकाम फिदिममा पत्रकार सम्मेलन गरी जानकारी दिईएको हो ।
परम्परागत चौंरीपालनलाई व्यवस्थित र व्यावसायिक बनाई दिगो आयस्रोत बनाउने, चौंरीमा आधारित पर्यापर्यटन प्रवद्र्धनमा सघाउ पु¥याउने, जैविक विविधता, दुर्लभ वनस्पति तथा जीवजन्तु संरक्षणको सन्देश दिने मुख्य उद्देश्यसहित महोत्ववको आयोजना गर्न लागिएको बताईएको छ ।
फालेलुलुङ गाउँपालिकाको प्रवर्धनमा चौंरी पर्यटन महोत्सवको आयोजना फालेलुङ कञ्चनजंघा पर्या पर्यटन प्रवर्धन संस्था र दिप ज्योती युवा क्लवले गर्न लागेका हुन् ।
हिमालको पर्यायका रुपमा स्थापित चौंरी गाई र तिनका प्रजातीको संरक्षणसँगै चौंरीजन्य उत्पादनहरुको प्रर्वधन र बजारिकरण गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको गाउँपालिका उपाध्यक्ष महेन्द्रहाङ जवेगुले बताउ । ३ हजार पाँच सय ६० मिटरको उचाईमा रहेको नेपाल, भारतको वेष्ट बंगाल र सिक्किमको सिमाना जोडीएको स्थानमा महोत्सव गर्न लागिएको हो ।
महोत्सवमा पाँचसय भन्दा धेरै चौंरी र याकको प्रदर्शनी गरिनेछ । यो सँगै याक राइडिङ, हर्स राइडिङ जस्ता गतिविधि पनि महोत्सव क्षेत्रमा आयोजना हुने आयोजक फालेलुङ कञ्चनजंघा पर्या पर्यटन प्रवर्धन संस्थाका उपाध्यक्ष सिल्प राईले बताए ।
महोत्सव क्षेत्रमा चौंरी र भेडाजन्य उत्पादनका स्टल राखिने बताइएको छ । पाँचथरसहित पूर्वी नेपालका ताप्लेजुङ, इलाम, झापा, काठमाडौंदेखि भारतको सिक्किम, दार्जिलिङ, कलकत्ता, सिलिगुडी, भुटान, बर्मा र चिनदेखिका पर्यटकलाई महोत्सवमा सहभागि गराउने आयोजनकको तयारी छ ।
महोत्सवमा चौरीको दुधबाट बनाइएका परिकारहरु, चौंरी र भेडाको उनबाट बनेका बस्तुहरु र लेकाली क्षेत्रमा पाईने जडिबुटी तथा कृषिजन्य बस्तुको स्टलहरु राख्ने तयारी छ ।
