April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

अहिलेको आलटाल र टालटुलको प्रणालीले परिणाम दिन सक्दैन : पूर्वराजा

1.2K

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकभित्र देखिएको खिचातानीप्रति जनतामा वितृष्णा बढेर गएको धारणा व्यक्त गरेका छन् । सोमबार सुनसरीको इनरुवामा आयोजित नागरिक अभिनन्दनग्रहण पश्चात सम्बोधन गर्दै शाहले जनताको चासोप्रति आफू जानकार रहेको बताएका हुन् ।

सम्बोधनका क्रममा शाहले जनताबाट प्राप्त चिन्ता र चासोप्रति आफू गम्भीर बनेको बताए । उनले देशमा स्थिरता र स्थायित्व सही राज्य पद्धती शान्ति र अनुशासन बिना हुन नसक्ने बताए । उनले कसैलाई धन, कसैलाई मन, कसैलाई पद र कसैलाई कद दिएर लालचमा पारी सामाजिक संरचना च्यात्ने प्रयास भइरहेको बताए ।

उनले राष्ट्रियताको रक्षा र राष्ट्रिय एकतामा जोड दिनुपर्ने बताए । परिवर्तन देखाउन अहिलेको कोरा र सतही फेरबदल, आलटाल र टालटुलको प्रणलीले कुनै खदिलो परिणाम दिन नसक्ने उनको भनाइ थियो । पूर्वराजा शाहले देशमा स्थिरता र स्थायित्व सही राज्य पद्धती, शान्ति र अनुशासन बिना हुन नसक्ने बताए ।

Advertisement