काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अझै पनि अस्पतालमै रहेका छन् । उनी गत शनिबार साँझ पेटमा समस्या आएपछि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत रहेका छन् ।
धपेडीका कारण उनलाई ग्यासट्राइटिस भएर पेट दुखेको उपचारमा खटिएका चिकित्सकलाई उधृत गर्दै उनका प्रेस संयोजक खिला कार्कीले जानकारी दिए । उनको स्वास्थ्य सामान्य हुँदैछ ।
सम्भवतः सोमबार साँझसम्म उनी डिस्चार्ज हुनेछन् । राष्ट्रपति बिरामी भएपछि उनलाई भेट्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, मन्त्रीहरु, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायत अस्पतालमा पुगेका थिए ।
उनी डेढ महिनोखि धपेडीमा छन् । राष्ट्रपतिको निर्वाचनदेखि उनी अनवरत काममा छन् । राष्ट्रपति भइसकेपछि पनि दैनिक भेटघाटका कार्यक्रममा सहभागी हुँदा उनले आराम पाउन सकेका छैनन् ।