April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

विपद् प्रभावितलाई बर्खाअघि नै आवास व्यवस्था गर्न मन्त्री गुरुङको निर्देशन

1.7K

काठमाडौं । सहरी विकास मन्त्री सीता गुरूङले प्राकृतिक प्रकोपमा परेर घरबिहीन भएकालाई बर्खाअघि नै आवास सुविधा पुर्‍याउन निर्देशन दिएकी छन्। आइतबार मन्त्रालयमा भएको कार्यक्रममा बोल्दै उनले प्रकोप प्रभावितलाई बर्खाअघि नै सुरक्षित आवासको व्यवस्था गरिनुपर्ने बताएकी हुन् ।

विपद प्रभावित भई घरबिहीन बनेका नागरिकलाई दुई महिनाभित्रै आवासको प्रबन्ध गर्न निर्देशन दिँदै भनिन्, ‘संविधानले नै नागरिकलाई आधारभूत आवास सुविधाको कुरा मौलिक हककोरुपमा व्यवस्था गरेको छ। त्यससम्बन्धी कानूनी प्रावधान र अनुदानको व्यवस्थासमेत छ।  संविधान र कानूनबमोजिम जसले सुरक्षित आवासको सुविधा पाउने हो, उसलाई वर्षा सुरू हुनुअगावै आधारभूत आवासको सुविधा पुर्‍याउनुस् ।’

Advertisement