April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

याङ्वरक गाउँपालिका बन्यो चौथो कुम्मायक गोल्डकपको विजेता

पदम सुखी सम्बाहाम्फे
२०७९ चैत्र १५

4.1K

पाँचथर । चौथो कुम्मायक गोल्डकप फुटबल प्रतियोगितामा याङ्वरक गाउँपालिका प्रथम भएको छ । बुधबार सप्पन्न फाइनल खेलमा ३ गोलसहित याङ्वरक गाउँपालिका प्रथम भएको हो ।

द्वितीय बनेको फाल्गुननद गाउँपालिकाले १ गोल गरेको थियो । प्रतियोगितामा जम्मा ८ समूहको सहभागिता रहेको थियो ।

उक्त गोल्डकपको प्रथम पुरस्कार १ लाख ११ हजार १ सय ११ रुपैयाँ रहेको थियो भने दोस्रो पुरस्कार ५५ हजार ५ सय ५५ रुपैयाँ रहेकोे थियो ।

Advertisement

कुम्मायक स्पोर्टिङ क्लबद्वारा आयोजित भएको फाइनल खेलमा सुशील लावतिलाई उदयिमान खेलाडी घोषित गरिएको थियो । यसैगरी बेस्ट गोलकिपर याङ्वरकका रबिन बेघा, बेस्ट डिफेन्डर फाल्गुनन्द गाउँपालिकाका बिदेश आङ्देम्बे बनेका थिए भने बेस्ट मिडफिल्डमा फाल्गुनन्द गाउँपालिकाका ऋतिक आङ्देम्बे, बेस्ट फरवार्डमा याङ्वरकका सुमन योङ्या, बेस्ट कोच याङ्वरकका तुफान क्षेत्री साथै म्याच अफ द म्यान याङ्वरककै पुष्कर काम्बाङ, सर्वाधिक गोलकर्ता फाल्गुनन्द गाउँपालिकाका बिनोद नेम्बाङ र उत्कृष्ट खेलाडी याङ्वरकका जमिन लिम्बुले हात पारेका थिए ।

सम्पुर्ण बिजेता खेलाडीलाई नगद तथा मेडल ट्रफीद्वारा पुरस्कृत गरिएको थियो ।