November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

मिटरब्याजी पीडितहरूद्वारा बालुवाटारमा धर्ना

2K

काठमाडौं । मिटरब्याजी पीडितहरूले बालुवाटारमा धर्ना दिएका छन्। आफूहरूका समस्या प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर सुनाउन आज बिहान बालुवाटारतर्फ लम्किरहेका उनीहरूलाई प्रहरीले रोकेको छ।

मधेशका विभिन्न जिल्लाबाट मिटरब्याजी हिँडेर न्याय माग्न काठमाडौं आएका उनीहरूले बालुवाटार नजिकै सडकमा प्रदर्शन गरेका थिए भने धर्ना पनि दिए। उनीहरूले तमसुक व्यवस्था खारेज गर्न र मिटरब्याजविरूद्ध कानून बनाउन पनि माग गरेका छन्।

मिटरब्याजी पीडितहरूलाई आज गृहसचिव विनोदप्रकाश सिंह र काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले भेटेर कुराकानी गरेका छन्।

Advertisement