April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

चौथो कुम्मायक गोल्डकप: कुम्मायक गाउँपालिका समूह २ गोलको अन्तरले बिजयी

पदम सुखी सम्बाहाम्फे
२०७९ चैत्र ११

2.6K

पाँचथर । चौथो कुम्मायक गोल्डकपको आज भएको खेलमा कुम्मायक गाउँपालिका समूह २ गोलको अन्तरले बिजयी भएको छ । फालेलुङ गाउँपालिका र कुम्मायक गाउपालिकाबीच भएको उद्घाटन खेलमा फालेलुङ गाउपालिकाले २ गोल र कुम्मायक गाउपालिकाले ४ गोल गरेका थिए ।

जम्मा ८ समूह सहभागी रहेको उक्त गोल्डकपको समुद्घाटन नेपाली काङ्ग्रेस पार्टीका सह-महामन्त्री भिष्मराज आङ्देम्बेले गरेका थिए ।

कुम्मायक स्पोर्टिङ क्लबको आयोजनामा भएको उक्त खेलमा कुम्मायक गाउँपालिकाका खेलाडी दिलकुमार सम्बाहाम्फे म्यान अफ द म्याच बनेका थिए । उनले ट्रफी मेडल तथा नगद ३ हजार प्राप्त गरेका छन्।

Advertisement

आइतबार हुने खेलमा फिदिम नगरपालिका र मिक्लाजुङ गाउँपालिकाबीच पहिलो चरणमा र दोस्रो चरणमा फाल्गुनन्द गाउपालिका भर्सेस हिलिहाङ गाउँपालिकाबीच खेल हुने कुम्मायक स्पोर्टिङ क्लबका अध्यक्ष रोहन घिमिरेले जानकारी दिए ।