April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

पत्नी सीताको उपचारका लागि प्रचण्ड आज मुम्बई जाँदै

2.1K

काठमाडौँ– पत्नी सीताको स्वास्थ्य थप जटिल बन्दै गएपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड थप उपचार गराउन भारत जाने भएका छन् ।

सीताको मुम्बईमा उपचार गराउन प्रचण्डले लिएर जान लागेको प्रचण्ड सचिवालयले जनाएको छ ।

आज ११ बजे सीतालाई लिएर प्रचण्ड मुम्बई जानेछन् ।

Advertisement

तीन दिनअघि भैसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचारपछि घरमै आराम गरिरहेकी सीतालाई थप उपचारका लागि मुम्बई लैजान लागेको हो ।

सीताको यसअघि पनि अमेरिका, सिंगापुर र भारतमा उपचार भएको थियो । पछिल्लो समय सीताको स्वास्थ्यमा थप समस्या देखिएपछि उपचारका लागि मुम्बई जान लागेका हुन् ।