November 24, 2025, Monday
२०८२ मंसिर ९
1:37:26 pm

सभामुखका अधिकार कटौती गर्ने गरी नियमावली संशोधनको माग

1.7K

काठमाडौं । प्रतिनिधि सभा नियमावली, २०७५ लाई संशोधन गर्न बनेको विधेयकमा सभामुखका अधिकार कटौती गर्ने गरी सत्तापक्षका सांसद्हरुले संशोधन हालेका छन्। नियमावलीको नियम १३ मा एउटा उपनियम थप गरेर सभामुखका अधिकार कटौती हुने व्यवस्था थप्न उनीहरुले प्रस्ताव गरेका छन्।

सभामुखमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट देवराज घिमिरे चुनिएका छन्। उनको अधिकार क्षेत्र कटौती गर्दै कार्यव्यवस्था परामर्श समितिलाई बलियो बनाउने तयारी सत्ता पक्षका दलहरुले गरेका छन्।

नियमावलीको नियम १३ मा कार्यव्यवस्था परामर्श समितिका विषयमा उल्लेख छ। त्यसमै उपनियम ४ थप्ने प्रस्ताव छ। प्रस्तावमा भनिएको छ, ‘यस नियमावलीमा सभामुखले गर्ने भनिएका काम कार्य व्यवस्था परामर्श समितिको निर्णय अनुसार मात्र गर्नेछन्।’

Advertisement