November 24, 2025, Monday
२०८२ मंसिर ९
1:37:26 pm

राष्ट्रपति पौडेलको फोटो फेरियो

1.5K

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको फोटो फेरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको दुवै गालामा भएको कोठी हटाएर एडिट गरेको फोटो राखेको थियो ।

उक्त फोटोको चौतर्फी विरोधपछि राष्ट्रपति कार्यालय शीतलनिवासले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको दुवै गालामा रहेका कोठी भएको नयाँ फोटो राखिएको छ । कार्यालयले बुधबार फोटो फेरेको हो ।

यस अघि राष्ट्रपति पौडेलको गालामा दुवैतर्फ रहेको कोठी गायब गरिएको थियो भने अनुहार र गलामा देखिने वृद्धावस्थाका निशानहरू समेत हटाएर हृष्ट पुष्ट र तन्नेरी देखाउन खोजिएको थियो ।

Advertisement