April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

महिलाहरुलाई अगाडि बढाउने कुरा नारामा मात्रै सिमित भएः जानकी गुरुङ्ग

5.9K

लण्डन – एनआरएन बेल्जियमकी संरक्षक एवंम पूर्व आइसिसी सचिव जानकी गुरुङ्गले महिलाहरुलाई अगाडि बढाउने कुरा नारामा मात्रै सिमित भएको बताउनुभएको छ । “एनआरएन अभियानमा महिला नेतृत्व” विषयक भर्चुअल कार्यक्रम मा बोल्दै उहाँले यसो बताउनुभएको हो ।

नेपाल मामिला डट कमद्धारा आयोजित एनआरएन अभियानमा महिला नेतृत्व विषयक भर्चुअल कार्यक्रम अंग्रेजी नयाँ वर्षको पहिलो दिन भएको थियो । उक्त भर्चुअल कार्यक्रममा नेपाल बाहिरका विभिन्न देशमा रहेर कुनै न कुनै संघ संस्थामा आवद्ध भई काम गर्नुभएका अतिथिहरुको सहभागिता थियो । कार्यक्रममा १७ वर्षमा एनआरएन महिला नेतृत्व र महिला अभियान्ताहरुले भोगेको अनुभव, अहिलेको अवस्था र वर्तमान अवस्थाका चुनौतिहरु र भविष्यको सम्भावहरुका बारेमा छलफल भएको थियो ।

कार्यक्रममा बोल्दै एनआरएन बेल्जियमकी संरक्षक गुरुङ्गले आफ्ना तिता मिठा अुभव सुनाउँदै १९९६ देखि बेल्जियममा बसेकी र २००४ बाट बेल्जियमा एनआरएन स्थापना गरेको बताउनु भयो । शुरुका दिनमा एनआरएन कालो पैसालाई सेतो पैसा बनाउने भन्ने खालका कुरा आए, त्यसपछि एनआरएन भनेको एउटा राजाको संस्था भन्ने थियो त्यो कुरालाई चिर्दै आफु एनआरएन स्थापना गर्न सफल भएको बताउनुभयो ।

Advertisement

एनआरएनका मुल्यमान्यताहरुलाई बेल्जिएमको समाजमा स्थापीत गर्दै आफु अगाडि बढेको, महिलाहरु जहिले पनि काम गर्दा कहिल्यै पनि निर्णायक मण्डलमा पुग्न नसकेको अवस्था रहेको र यो अवस्थाका पछाडि थुप्रै महत्वपूर्ण कारणहरु रहेको उल्लेख गर्नुभयो । उहाँले एनआरएन आन्दोलनमा महिलाको सहभागिता न्यून भएकाले सोचे जस्तो काम हुन नसकेको बताउँदै विगतका वर्षहरुमा भन्दा अहिलेको वर्तमान अवस्थामा महिलाको स्थिती एकदमै नाजुक भएको बताउनुभयो ।

महिलालाई अगाडि ल्याएर आउनुपर्छ, युवाहरुलाई सहभागि गराउनुपर्छ भन्ने कुरा नारामा मात्रै सिमीत रहेको र व्यवहारमा हाम्रा अग्रजहरुले उतार्न नसकेको र फलस्वरुप अहिले महिलाको स्थिती आरक्षणमा बाहेक अरु ठाउँमा नरहेको दयनीय अवस्थाको समेत कल्पना गर्दै यसका पछाडि केहि अग्रजको कमी कमजोरी रहेको उल्लेख गर्नुभयो ।

गत वर्षको निर्वाचनलाई स्मरण गर्दै एनआरएनले यति तल झरेर यति घटिया काम गर्छ जस्तो नलागेको र आफु पनि यसको केहि मात्रामा हिस्सा भएको बताउनुभयो । आगामि निर्वाचनहरुमा त्यो प्रकारको अधिवेशन अब हुनु हदैँन भन्ने धारणा व्यक्त गर्दै अग्रजहरुलाई विधान भन्दा बहिर गएर काम गर्न नमिल्ने र विधानमा रहन आग्रह गर्नुभयो ।

जब सम्म आफुलाई विश्वस दिलाउँद सक्दैनन तब सम्म यो अधिवेशन भुर्चअल बाट हुन सक्दैन भन्ने उहाँको ठम्याई छ । ‘अब हुने अधिवेशनमा सर्वसहमतिबाट अग्रजहरुले हामीलाई मनजुर गराउनु भयो, विश्वास दिलाउनुभयो भने हामी जान सक्छौँ हैन भने यो पुरै अधिवेशनका नाममा नौटकिं गरिराख्नु भएको छ र यसलाई छिटो रोक्न आग्रह गर्दछु’ उहाँले भन्नुभयो ।