November 24, 2025, Monday
२०८२ मंसिर ९
1:37:26 pm

बहराइनतर्फ उडे सभामुख, राष्ट्रपतिको सपथग्रहणमा उपस्थित नहुने

२०७९ फाल्गुन २९

1.5K

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको सपथग्रहण कार्यक्रममा सभामुख देवराज घिमिरे भने अनुपस्थित हुने भएका छन् ।

सभामुख घिमिरे अन्तरव्यवस्थापिका संघ (आईपीयु)को १४६ औं सम्मेलनमा भाग लिन बहराइनको राजधानी मनामा रहेकाले नवनिर्वाचित राष्ट्रपति पौडेलको सपथग्रहण समारोहमा सहभागी नहुने भएका हुन् ।

सभामुख घिमिरेले आईपीयु सम्मेलनका जानुअघि फागुन २९ गते हुने राष्ट्रपतिको शपथमा उपस्थित हुन नसक्ने जानकारी पौडेललाई गराएका थिए ।

Advertisement

नवनिर्वाचित राष्ट्रपति पौडेललाई जानकारी गराएर सभामुख घिमिरे गत २६ फागुनमा बहराइन गएका हुन् । उनी सो जानकारी गराउनका लागि बोहोराटारस्थित पौडेल निवास पुगेका थिए ।