लन्डन । नेपाली जनसम्पर्क समिति (एनपीसीसी) यूकेको क्षेत्रीय समितिहरूको दोस्रो अधिवेशन सम्पन्न भएको छ । उत्तर पश्चिम र पश्चिम लन्डनका समितिहरूको शनिवार फेल्थामस्तिथ नमस्ते गोर्खा रेस्टुरेन्ट फेल्थाम शाखामा अधिवेशन सम्पन्न भएको हो ।
अधिवेशनबाट उत्तर पश्चिम क्षेत्रको सभापतिमा विशाल राई र उपसभापतिमा निरन राई चयन भएका छन् । समितिको महामन्त्रीमा बिनय दाहाल, सहमहामन्त्रीमा कृष्ण पुन र कोषाध्यक्षमा सुजित साही निर्वाचित भएका छन् ।
समितिको सदस्यहरुमा नारायण लिम्बु, जीवन राई, होमबहादुर पुन, राज भट्टराई, अभिशेख किराती, दिवस राई, विष्णुप्रताप लिम्बु र श्रृजन भट्टराई निर्वाचिन भएका छन् ।
यसैगरी पश्चिम क्षेत्र समितिको सभापतिमा निशान लिम्बु र उपसभापतिमा गणेश राई निर्वाचिन भएका छन् भने महहामन्त्रीमा उज्वल पोखरेल, सहमहामन्त्रीमा रोजिना गुरुङ र कोषाध्यक्षमा सन्जय लिम्बु निर्वाचित भएका छन् ।
समितिका सदस्यहरुमा निशेष पोमु, विनोद कुमार राई, सरोज रिमाल, रोजन थापा, मकर गुरुङ, नविन थापामगर, युवराज बुढाथोकी र सुरेश आचर्य निर्वाचित भएका छन् ।
महाधिवेशनको क्रममा बोल्दै नेपाली जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङले नेपाली काँग्रेसले विभिन्न कालखण्डमा संघर्ष गर्दै आएको र संघर्षकै दौरानमा नेपाली जनसम्पर्क समितिको स्थापना भएको बताए । हालसम्म ४२ वटा देशहरूमा समिति स्थापना भैसकेको जानकारी दिँदै गुरुङले यश संगठनलाई युवा पुस्ताहरूमाझ पुस्तान्तरण गरिएको बताए । ‘अहिले ४२ वटा देशमा नेपाली जनसम्पर्क समिति स्थापना भैसकेको छ । यी संगठनहरू आआफ्नै देशको संरचनाअनुसार चलेका छन् । बेलायतमा एक केन्द्रीय र ७ वटा क्षत्रीय समितिहरू रहेका छन् । हामीले संघर्ष गरेर ल्याएको प्लाटफर्म तपाइँले पाउनुभएको छ । तपाइँहरूजस्तो जोसिलो युवाहरू संस्थामा आवद्ध भएर संस्थालाई अगाडि बडाउनुहुन्छ भन्नेमा म पूर्ण विश्वस्त छु । तपाइँहरू जस्तो युवा नेतृत्व पाउँदा नेतृत्व हस्तान्तरण भन्दा पनि पुस्तान्तरण भएको महसुस गरेको छु ।’, गुरुङले भने ।
निवर्तमान क्षत्रीय सभापति तथा महाधिवेशन प्रतिनिधि सूर्य नेम्बाङको सभापतित्व रहेको उक्त महाधिवेशनमा नेपाली जनसम्पर्क समितिका पूर्वसभापति तथा महाधिवेशन प्रतिनिधि बिनोदराज मोक्तान, जनसम्पर्क समिति बेलायतका बरिस्ठ उपसभापति रितेशराज पान्डे, महामन्त्री तथा महाधिवेशन प्रतिनिधि इन्द्रहाङ लिङ्देन र महामन्त्री रोमियन लिम्बुको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रम बिनय दाहालले संचालन गरेका थिए ।
कार्यक्रममा एनपीसीसी सदस्य भीम राई, कोषाध्यक्ष असल लिम्बु, सहमहामन्त्री सन्तोषकुमार सुवेदी, तपेन्द्र
राई, नारायण लामा, सदस्य दुर्गा सेनेहाङ, विनोद योञ्जन लगायतको उपस्थिति रहेको थियो ।