April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

नेपाली जनप्रगतिशील मञ्च यूकेले भव्य रुपमा मनायो २८ औँ जनयुद्ध दिवस

1.9K

लन्डन । नेपाली जनप्रगतिशील मञ्च यूकेले २८ औँ जनयुद्ध दिवस मनाएको छ । नेकपा माओवादी केन्द्र निकट मञ्चले आइतबार लन्डनको साउथ ह्यारोस्थित गोल्डेनसिप रेष्टुरेन्टको सभाहलमा एक कार्यक्रमको आयोजना गरी जनयुद्ध दिवस मनाएको हो ।

मञ्चका अध्यक्ष मानबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमलाई केन्द्रीय सदस्य कृष्ण कुमार राई, पूर्व बेलायत इञ्चार्ज एवम् प्रदेश नम्बर एकको योजना आयोगका पूर्व उपाध्यक्ष पूर्ण लक्सम, प्रवास कमिटि सदस्य, नेजप्रम यूके पूर्वअध्यक्ष एवम् सल्लाहकार सुरेन्द्र श्रेष्ठ, सल्लाहकारहरू ईश्वर श्रेष्ठ, कर्मा पहाडी शेर्पा, किरात राई यायोक्खा यूकेका अध्यक्ष योगेश राईहरूले सम्बोधन गरेका थिए ।

जनयुद्ध दिवसका क्रममा ज्यान गुमाएका सहिदहरूको स्मृतिमा मौनधारण र दीप प्रज्जवलन गरेर कार्यक्रमको सुरु गरिएको थियो । कार्यक्रममा मञ्चका उपाध्यक्ष तुल छन्त्यालले स्वागत मन्तव्य राखेका थिए । सोही अवसरमा सुमति थापाले पार्टी प्रवेश पनि गरेकी थिइन् ।

Advertisement

कार्यक्रममा बोल्दै नेप्रज मञ्च युकेकी महासचिव विमला लिम्बुले २०५२ फागुन १ गते तत्कालीन नेकपा माओवादीले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई ४० बुदें माग राख्दै जनयुद्धको संखघोष गरेको स्मृतिमा कार्यक्रम गरिएको बताइन् ।

यस्तै कार्यक्रममा बोल्दै अध्यक्ष मानबहादुर गुरुङले संविधानमा गणतन्त्र, सङ्घीयता, समावेशीता, धर्मनिरपेक्षता लगायतका मुद्दाहरू संस्थागत गर्न माओवादी जनयुद्धलाई महत्त्वपूर्ण जगका रूपमा लिनुपर्ने बताए ।