काठमाडौं । सरकारले टर्कीका भूकम्पपीडितलाई आज स्वास्थ्य सामग्री र न्यानो कपडा पठाउने भएको छ । टर्की सरकारको मागअनुसार ती सामग्री पठाउन लागिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
टर्किस एयरलाइन्सबाट आज बिहान सामग्री पठाउन लागिएको हो । ती सामग्री विमानस्थलमा पु¥याएर तयारी अवस्थामा राखिएको प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बताए ।
नेपालले टर्कीलाई औषधिहरु, स्वास्थ्य उपकरणहरु र न्यानो कपडा पठाउने तयारी गरेको छ । त्यहाँ अहिले चिसो मौसम छ भने वर्षा र हिउँ पनि परिरहेको छ ।
भूकम्पपीडितको उपचारमा आवश्यक औषधि, स्वास्थ्य उपकरण र न्यानो कपडाहरुमा ब्ल्यांकेट, ज्याकेट र ट्रयाकसुट पठाउन लागिएको हो । टर्की सरकारले ती सामग्री तत्काल आवश्यक रहेको भन्दै परराष्ट्र मन्त्रालयमार्फत लेखिपठाएको थियो ।