April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

अमेरिकी राष्ट्रपति निर्वाचनमा अन्तरिक्षबाटै एक मतदाता सहभागी

२०७७ कार्तिक १६

2.2K

एजेन्सी- अमेरिकी नागरिकले जुनसुकै स्थानबाट मतदान गर्न पाउने व्यवस्थाको एक अन्तरिक्ष यात्रीले पनि उपयोग गरेकी छन् ।

अमेरिकामा आगामी नोभेम्बर ३ मा हुने राष्ट्रपति निर्वाचनका लागि चलिरहेको अग्रिम मतदानमा अन्तरिक्षबाटै एक मतदाता सहभागी भएकी छन् ।

अन्तरिक्ष यात्री केट रुबिन्सले अन्तरिक्षबाट मतदान गरेकी हुन्। पृ्थ्वीको तल्लो कक्षमा घुमिरहेको अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) बाट रुबिन्सले २३ अक्टूबरमा मतदान गरेको अमेरिकी अन्तरिक्ष केन्द्र (नासा)ले जनाइको छ।

Advertisement

उनले पृथ्वीभन्दा २ सय माइलमाथि रहेको अन्तरिक्ष केन्द्रबाट मतदान गरेको नासाले जनाएको छ ।

रुबिन्सले अन्तरिक्षबाट मतदान गरेको यो दोस्रो पटक हो। यसअघि उनले सन् २०१६ मा पनि अन्तरिक्षबाटै मतदान गरेकी थिइन् । त्यसबेला उनी अनुसन्धानको सिलसिलामा अन्तरिक्ष केन्द्रमा थिइन्।

रुबिन्ससहित अन्य दुई जना रुसी अन्तरिक्षयात्री ६ महिनाका लागि आईएसएसमा अनुसन्धानका लागि बसिरहेका सिएनएनले जनाएको छ।

अमेरिकाको टेक्सास राज्यले सन् १९९७ देखि अन्तरिक्षबाट पनि मत खासल्न पाइने सुविधाको व्यवस्था गरेको छ ।

यही नोभेम्बर ३ मा हुने राष्ट्रपति निर्वाचनमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्वउपराष्ट्रपति जो बाइडेन प्रतिस्पर्धामा छन् ।