गिर्जाघरमा बन्दुकधारीको गोली लागि कम्तीमा ७ जनाको मृत्यु" /> गिर्जाघरमा बन्दुकधारीको गोली लागि कम्तीमा ७ जनाको मृत्यु - Nepal Mamila
November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

2.6K

काठमाडौं : इजरायलको पूर्वी जेरुसेलमस्थित एक गिर्जाघरमा बन्दुकधारीले जथाभावी चलाएको गोली लागेर कम्तीमा ७ जनाको मृत्यु भएको छ। 

यहुदीहरुको प्रार्थना घरमा एक व्यक्तिले अन्धाधुन्द गोली प्रहार गरेको अधिकारीहरुले जनाएका छन्। इजरायली सेनाले वेस्ट बैंकमा गरेको आक्रमणमा ९ जना प्यालेस्टाइनी मारिएको भोलिपल्ट जेरुसेलममा बन्दुकधारीले गोली चलाएको हो। प्रहरीले कारमा आएको व्यक्तिले बाहिर निस्किनासाथ अन्धाधुन्द गोली चलाएको बताएको छ। आक्रमणको जिम्मा अहिलेसम्म कसैले पनि लिएको छैन।  तर, प्यालेस्टाइनी हमास संगठनका प्रवक्ता हेजम कासिमले गिर्जाघरमा भएको आक्रमण स्वभाविक प्रतिक्रिया भएको बताएका छन्। उनले यो घटना वेस्ट बैंकमा इस्लामिकमाथि गरिएको आक्रमणको जवाफ भएको दाबी गरेका छन्। 

शुक्रबार वेस्ट बैंकमा इजरायली सैनिकले गरेको कारबाहीपछि शुक्रबार दिनभर जसो जेरुसेलम र प्यालेस्टाइन नियन्त्रित गाजा क्षेत्र अस्तव्यस्त बनेका थिए। इजरायली सेनाले गाजा क्षेत्रमा कयौँ रकेट र मिसाइल प्रहार गरेको थियो।

Advertisement