बुटवल । लुम्बिनी राष्ट्रियसभा सदस्यमा नेपाली काँग्रेसले तीनजनालाई सिफारिस गरेको छ । रिक्त रहेको सदस्यका लागि माघ २५ गते हुने उप निर्वाचनका लागि काँग्रेसले तीनजना नेताको नाम सिफारिस गरेको हो ।
काँग्रेसबाट दाङका वीर केशरी गौतम, रोल्पाका माधवप्रसाद आचार्य र बर्दियाका अरुणप्रकाश राठौरको नाम सिफारिस भएको छ । गौतम र आचार्य पुर्वजिल्ला सभापति हुन् ।
नेकपा एमालेबाट निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले प्रतिनिधिसभा सदस्यमा उम्मेदवार हुन राजीनामा दिएपछि रिक्त रहेको उक्त सिटमा उपनिर्वाचन हुन लागेको हो ।