April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

वर्षमान पुनलाई भेट्न अस्पताल पुगे प्रधानमन्त्री प्रचण्ड

1.8K

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनलाई भेट्न अस्पताल पुगेका छन् । मंगलबार ललितपुरको सुमेरु अस्पतालमा उपचाररत महासचिव पुनलाई भेटेर प्रधानमन्त्री प्रचण्डले पुनको स्वास्थ्य अवस्था बुझेका हुन् ।

वंशाणुगत जण्डिसबाट पीडित पुन चुनाव जितेपछि पहिलोपटक रोल्पा पुगेका थिए । उनको स्वास्थ्यमा समस्या आएपछि गत पुस ३० गते हेलिकप्टर चार्टर्ड गरी उनलाई काठमाडौं ल्याइ सुमेरू अस्पतालमा भर्ना गरिएको थियो ।

पुन चुनावी धपेडीले रोग बल्झिएपछि उपचारका लागि गत मंसिर १६ गते चीन गएका थिए । स्वास्थ्यमा सुधार आएपछि पुस ५ गते उनी काठमाडौं फर्किएका थिए । गत वर्ष पनि पुनको सुरूमा थाइल्याण्ड र पछि चीनका अस्पतालमा उपचार गरिएको थियो ।

Advertisement