April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

स्वास्थ्य सेवामा आम समुदायको सहज सुलभ र समान पहुँच स्थापित हुनुपर्छ: उपराष्टपति पुन

2.1K

काठमाडौं । नेपाल अर्वुद रोग निवारण संस्थाको ३२ औं  साधारणसभा सम्पन्न भएको छ । शुक्रबार भक्तवुरको बोडेमा संस्थाको ३२ औं  साधारणसभालाई उपराष्टपति नन्दबहादुर पुनले उद्घाटन गरेका हुन् । 

साधारण सभाको उद्घाटन गर्दै उपराष्टपति पुनले आम समुदायको आधारभुत स्वास्थ्य सेवामा समान पहुँच  हुनुपर्ने बताए । उनले स्वास्थ्य सेवामा आम समुदायको सहज सुलभ र समान पहुँच अभिवृध्दि गर्नुपर्नेृमा सरकारलाई  ध्यानाकर्षण गराए । उनले उपभार अभावमा मृत्युवरण गर्नुपरेका घटनाहरु दुखद भएको बताए ।

क्यान्सर जस्तो रोगको नियन्त्रण र निवारणमा नेपाल अर्वुद रोग निवारण संस्थाले उल्लेखनिय भूमिका निर्वाह गरेको भन्दै विश्वमा मानव जगतले नयाँ-नयाँ रोगको सामना गरीरहनु परेको र त्यसबाट हामी नेपालीहरु पनि अछुतो नभएको बताए । क्यानसरकै कारण वर्षेनी ३६ हजार नेपालीलाई सताउने गरेको र १५ देखि १७ हजारको मृत्यु पनि त्यही कारणवाट हने गेरेको हतथ्यांक रहेकोे बताए । अर्वुद रोग निवारण संस्थाले भरतपुर क्यान्सर अस्पताल, लाहान क्यान्सर केयरमार्फत सेवा प्रदान गर्नुका साथै प्रतिकात्मक र उपचारात्मक अन्य कार्य मार्फत सचेतनाका कार्यहरु गरेको , क्यान्सर पीडितले पाउने एक लाख सुविधा, मासिक ५ हजार सुविधासहित सूर्तिजन्य पदार्थको नियन्त्रमा संस्थाले गरेको प्रयास सह्रानिय भएको उल्लेख गरे । 

Advertisement

कार्यक्रममा सांसद् तेजुलाल चौधरीले नेपालमा ऐन नियम कानून बनेपनि कार्यान्वयनको अभाव भएको भन्दै सूर्तिजन्य पदार्थको नियन्त्रणमा वनेका ऐन नियम कानून कार्यान्वयनको अभाव भएको बताए । 

कार्यक्रममा मध्यपूर थिमी नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ,,संस्थाका निवर्तमान अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठ लगायतले बोलेका थिए । 

साधारण सभामा संस्थाका  अध्यक्ष महेश श्रेष्ठले वार्षिक कार्ययोजना सहित आगामी कार्यक्रम, केन्द्रीय महासचिव विमलकुमार होडाले संस्थाको वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष दिनेश शंकर पालिखेले आर्थिक प्रतिवेदन र कार्यतालिका पेश गरेका थिए । 

देशभरमा ४५ वटा जिल्ला शाखा रहेको अर्वुद रोग निवारण संस्थामा ३ हजार वढी सक्रिय सदस्य र १० हजार वढी स्वयंसेवकहरु रहेको  साधारण सभामा संस्थाको नियमित कार्यमा सहयोग पुयाउँदै आएका विभिन्न संघ संस्था औद्योगिक प्रतिष्ठान, व्यापारी एवं व्यक्तिहरु सहित उत्कृष्ट शाखाको रुपमा सिरहा, मकवानपूर ,कास्की र संखुवासभालाई सम्मान समेत गरेको संस्थाका सदस्य प्रकाश खतिवडाले बताए ।