– शारदा भुजेल
दोहा । नेपाली रक्तदाता संघ कतारले रक्तदान सम्बन्धि उत्प्रेरणात्मक र अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
परोपकारी र मानवीय सेवा भावले प्रेरित भई सन् २०२० मा कतारमा स्थापना भएको नेपाली रक्तदाता संघले रक्तदान सम्बन्धि उत्प्रेरणात्मक र अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो।
नेपाली रक्तदाता संघ कतारका अध्यक्ष रामजी खत्रीको सभापतित्वमा भएको कार्यक्रम अन्तर्राष्ट्रिय रक्तदाता संघका सचिव साथै नेपाली रक्तदाता संघ, कतारका संस्थापक अध्यक्ष तथा वर्तमान प्रमुख सल्लाहकार तेज कटुवालको विशेष आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियोे ।
कार्यक्रममा अध्यक्ष खत्रीले मानव शरिरमा संचार हुने रगतको उत्पादन प्रक्रिया, रगतका तत्व, रक्तदान गर्दा ध्यान दिनुपर्ने कुराहरू, रक्तदान गर्दा हुने फाइदाहरु, कस्तो अवस्थामा रक्तदान गर्न मिल्छ,कस्तो अवस्थामा रक्तदान गर्न मिल्दैन, रक्तदान गर्न शारीरिक र मानसिक रूपमा कसरी स्वस्थ हुनु पर्छ भन्ने विभिन्न विषयमा जानकारी गराएका थिए ।
शुक्रबार सनैयास्थित फुलबारी रेस्टुरेन्टमा सम्पन्न कार्यक्रममा सामाजिक अभियान्ता योगेन्द्र कार्की, कास्की आर्दश समाज कतारका अध्यक्ष अग्नि सापकोटा, लुम्बिनी प्रदेश समन्वय समिति कतार महासचिव टेकराज थापा, अन्तर्राष्ट्रिय मुस्लिम समाज कतार अध्यक्ष अजमत अलि, नेपाली महिला समाज कतार अध्यक्ष सरिता भन्डारी, नेपाल आदिवासी जनजाति महासंघ कतारका उपाध्यक्ष डि.एन मगर, अन्तरास्ट्रिय नेपाली समाज कतार अध्यक्ष राजाराम शाही, नेपाली जनसम्पर्क समितिका सह महामन्त्री खगेन्द्र खनाल, नेपाली रक्तदाता संघ, कतारका सल्लाहकारहरु मनिष यादव, पुरुषोत्तम सुनुवार, सन्तोष क्षेत्री, हंसराज ढकाल लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमको संचालन रक्तदाता संघका सचिव बिजय कुमार मगरले गरेका थिए।