काठमाडौं । नेकपा एमाले बागमती प्रदेशको संसदीय दलको नेतामा जेएन थपलिया चयन भएका छन् । नेकपा एमाले संसदीय दलको कार्यालय हेटौंडामा आज बसेको बैठकले थपलियालाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको हो ।
चितवन १ को प्रदेश सभा १ बाट बागमती प्रदेश सभा सदस्यमा निर्वाचित नेकपा एमालेको केन्द्रीय सदस्य थपलिया पूर्वमुख्यमन्त्री डोरमणि पौडेलका राजनीतिक सल्लाहकार समेत थिए ।
बागमती प्रदेश सरकारको नेतृत्वका लागि नेकपा एमाले र नेकपा माओवादी केन्द्र दुवैले दाबी गरेका छन् ।