November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

कोरोना भाईरसको नयाँ स्वरुप चीनमा पनि भेटियो

4.3K

एजेन्सी–चीनमा पनि कोरोना भाईरसको नयाँ स्वरुप फेला परेको छ। गत वर्ष चीनको वुहानवाट सुरु भएर विश्वभर फैलिएको यो भाईरसको नयाँ स्वरुप बेलायतमा देखिएको थियो। चाईनिज सेन्टर फर डिजिज कन्ट्रोलले यसको पुष्टि गरेको छ।

नयाँ स्वरुपको भाइरस फैलन नदिन अहिले विश्वका अधिकाश देशहरुले बेलायतसँग हवाई सम्वन्ध रोकेका छन्। यो भाइरस पहिलाको तुलनामा ४० देखि ७० प्रतिशतसम्म तीव्र गतिमा फैलने गरेको पाईएको छ।

चीनमा २३ वर्षीया महिलामा नयाँ स्वरुपको भाइरस पुष्टि भएको हो। उनी हालै बेलायतबाट फर्किएकी थिइन्। नयाँ स्वरुप देखिए पछि चीनले निकै सतर्कता अपनाएको छ। चीनले बेलायतका सबै उठान स्थगित गरेको छ। 

Advertisement