April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

एनआरएनए यूके महासचिवद्धारा आइसीसी अध्यक्षसँग भेट, एनडीए सम्भौता पत्रमा हस्ताक्षर

2.7K

काठमाडौं। गैर–आवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) का महासचिव खुशी लिम्बुले संघको अन्तर्राष्ट्रिय परिषद प्रमुख कार्यकारी अध्यक्ष रविना थापालाई एनआरएनए यूकेको गतिविधिहरुबो जानकारी गराएका छन् । बुधबार संघको बालुवाटारस्थित केन्द्रीय कार्यालयमा अध्यक्षसँग भएको भेटमा महासचिव लिम्बुले एनआरएनए यूकेको हालैका गतिविधिहरुबारे जानकारी गराएका हुन् ।

महासचिव लिम्बुका अनुसार भेटमा हालैका दिनहरुमा एनआरएनए यूकेका पूर्व अध्यक्ष प्रेम गाहा मगरको अवैधानिक गतिविधिहरुको कारण गिरेको शाख उठाएर समयमै निष्पक्ष चुनाव गर्ने प्रतिवद्धता जनाएका छन् ।

एनडीए सम्भौता पत्रमा हस्ताक्षर गर्दै महासचिव खुशी लिम्बु

अध्यक्ष थापा लगायत महासचिव लिम्बुले संघका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत रवि किरण अधिकारी, वरिष्ठ कर्मचारीहरु संगीता अवाल, अनील ढुंगाना र सचिवालयका आइटी समूहसँग समेत भेट गरेका छन् । उक्त अवसरमा लिम्बुले एनआरएनए यूकेको वेभसाइटको डोमेने पूर्व अध्यक्ष गाहामगरले संघलाई बुझबुझारथ नगरेको कारण एनआरएनए यूकेको अफिसियल वेभसाइट सञ्चालन नभएकोसमेत जानकारी गराए । जसका लागि सचिवालयका महेश श्रेष्ठ लगायत आइटी टीमले चाँडै नै एउटा डोमेन सृजना गरी एनसीसी यूकेको लागि वेभसाइट प्लेटफर्म तयार गरिदिने भएको लिम्बुले जानकारी दिए ।

Advertisement

एनआरएनए यूकेका महासचिवद्धारा भएको उक्त औपचारिक भ्रमणमा महासचिव लिम्बुले बेलायतका पञ्जिकृत व्यक्तिगत विवरणहरु अनधिकृति चुहावट वा दुरुपयोय नगर्न नगराउनको लागि ‘डेटा प्रोटेक्सन’को लागि ‘नन–डिस्क्लोजर एग्रिमेण्ट’ (एनडीए) सम्झौता पत्रमासमेत हस्ताक्षर गरेका छन् । जसबाट बेलायतमा संघको आगामी १२औं महाधिवेशन र आगामी चुनावमा सदस्यहरुले आफ्नो सदस्यता दर्ता वा नविकरण गर्दा विना कुनै शंका आफ्ना व्यक्तिगत विवरणहरु प्रदान गर्न सक्ने भएका छन् ।