November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

कांग्रेस संसदीय दलको नेताका लागि आज उम्मेदवारी दर्ता

1.6K

काठमाडौं : नेपाली कांग्रेसले संसदीय दलको नेताका लागि आज उम्मेदवारी दर्ता हुनेछ।  आज बिहान ८ देखि १० बजेसम्म उम्मेदवारको लागि दरखास्त दिने समय तोकिएको हो।

आजै दिउँसो ३ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन परिचालन संयोजक भीष्मराज आङ्देम्बेले जानकारी दिए। उम्मेदवारी दर्ता शुल्क ५१ हजार तोकेको छ। संसदीय दलको नेता चयनको लागि बुधबार मतदान हुँदै छ। बुधबार बिहान ८ देखि १० बजेसम्म मतदान तालिका छ।

गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचन प्रत्यक्ष र समानुपातिकतर्फको नतिजापछि कांग्रेसले विधानअनुसार दल नेता चयन प्रक्रिया थालेको हो । कांग्रेसले प्रतिनिधिसभामा ८९ सिट जितेको छ। कांग्रेसले ‘दलको नेता छान्ने प्रक्रिया’मा सहभागी हुन पाउनेको नाम मतदाता सूचीमा प्रकाशित भइसकेको छ।

Advertisement

संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवा संसदीय दलको नेताको उम्मेदवार बन्दैछन् भने इतर समूहमा शेखर कोइराला र गगन थापा दुवैको दाबी कायमै छ।