काठमाडौं । ताप्लेजुङबाट एमालेका योगेश भट्टराई दोस्रोपटक प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । गठबन्धनतर्फका उम्मेदवार माओवादी केन्द्रका खेलप्रसाद बुढाथोकीलाई पराजित गर्दै भट्टराई निर्वाचित भएका हुन् ।
अन्तिम मतपरिणाम अनुसार भट्टराईले २१ हजार ९४३ मत प्राप्त गरेका छन् भने बुढाथोकीले २१ हजार ७३५ मत प्राप्त गरेका छन् ।