July 17, 2025, Thursday
२०८२ श्रावण १
1:37:26 pm

मन्त्रिपरिषद् विस्तारविरुद्धकाे मुद्दाकाे सुनुवाई सऱ्यो

3K

काठमाडाैं– प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपछि गरेकाे मन्त्रिपरिषद विस्तारविरुद्धकाे रिटमा सुनुवाई सरेकाे छ। न्यायाधीश ईश्वर खतिवडाकाे इजलाशमा रहेकाे मुद्दा हेर्न नभ्याउने हुँदै सुनुवाई सरेकाे हाे।

फुलकाेर्टकाे बैठक भएकाले एकल इजलाशले पाँच थान मुद्दाकाे मात्र सुनुवाई गरेकाे छ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहितले दुई थान निवेदन दर्ता गराएका थिए। मंगलबार सरेकाे पेशी अर्काे दिन फेरि ताेकिनेछ।

बिहीबार र शुक्रबारमध्ये एक दिन सुनुवाईकाे पेशी ताेकिनेछ।

Advertisement

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनपछि गरेको मन्त्रिपरिषद् विस्तारविरुद्ध दायर भएका रिटहरु न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा पेशी तोकिएको थियाे।