November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

घनश्याम भूसाल निकट रुपन्देहीका ३७ नेताले छाडे एमाले

4K

काठमाडौं । रुपन्देहीका घनश्याम भूसाल निकट ३७ जना नेताले नेकपा एमाले छाडेका छन् । उनीहरुले बुधबार एक विज्ञप्ति निकालेर एमालेबाट राजीनामा दिएको जानकारी गराएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘पार्टी राम्रो हुँदाहुँदै पनि पार्टीमा नीति नभइ व्यक्ति हावी भएको, पार्टी अध्यक्षको निरंकुशता, इमान्दार नेताहरुलाई पाखा लगाएको, चरम गुटबन्दी, स्थानीय निर्वाचनमा पार्टी नेतृत्वकै असहयोग जस्ता विभिन्न कारणले गर्दा हामी एमालेमा रहन सकेनौं ।’

एमाले छाड्नेहरुमा लुम्बिनी प्रदेश कमिटी सदस्यद्धय सरोजकुमार यादव र शैलेन्द्र उपाध्याय, रोहिणी गाउँपालिका सचिव इन्द्रजीत कुमार रायलगायत छन् ।

Advertisement

हेर्नुहोस् विज्ञप्ति