चितवन । नेपाल प्रहरीमा रहेको भौतिक पूर्वाधारहरुको कमीलाई क्रमश पुरा गर्दै लैजाने नेपाल प्रहरी प्रधान कार्यालयको नीति अनुरुप जिल्ला प्रहरी कार्यालय चितवनको परिसरमा नवनिर्मित सिनियर प्रहरी अधिकृत आवास गृहको बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यले उदघाटन गरेका छन् ।
एक करोड उनन्पचास लाख सात हजार तीन सय चौबिस लागत अनुमान गरिएको उक्त भवन एक करोड सात लाख एक्काईस हजार नौ सय सच्चालिस रुपैया एक्काईस पैसामा सम्पन्न गर्ने गरी बालाजी निर्माण सेवा भरतपुरसंग ठेक्का सम्झौता भई निर्माण सम्पन्न भएको हो ।
कार्यक्रममा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु, बिभिन्न सामाजिक संघ संस्थाका प्रमुख, उधोग वाणिज्य र उधोग संघ लगायत सामाजिक संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो।




