November 24, 2025, Monday
२०८२ मंसिर ९
1:37:26 pm

समानुपातिकतर्फको दुई करोड एक लाख मतपत्र छपाइ सकियो

1.5K

काठमाडौं । निर्वाचन आयोगले प्रदेश सभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फको मतपत्र छपाइको काम सकेको छ । आयोग स्रोतका अनुसार दुई करोड एक लाख मतपत्र छपाइको काम सकिएको हो ।

आयोगले अहिले प्रतिनिधि सभातर्फ समानुपातिक मतपत्र छपाइको काम जारी राखेको छ । जनक शिक्षा सामग्री केन्द्रको छापाखानामा मतपत्र छपाइ गरिएको भईरहेको छ ।

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि आयोगले करिब चार करोड मतपत्र छपाइ गर्दैछ ।

Advertisement

अहिलेसम्म प्रतिनिधि सभातर्फ करिब ६० लाख ६५ हजार मतपत्र छपाइ गरिसकिएको छ ।

असोज २५ गतेभित्र यो काम सक्नेगरि आयोगले काम गरिरहेको छ । आयोगले यही असोज २३ गते प्रत्यक्षतर्फ उम्मेदवारको मनोनयन गर्दैछ ।