काठमाडौं । हङकङमा अनिवार्य होटल क्वारेन्टिन अन्त्य हुने भएको छ । शुक्रबार दिउँसो हङकङ सरकारले क्वारेन्टिन अन्त्यको घोषणा गर्ने तयारी गरेको जनाइएको छ ।
हङकङ सरकारले गत अगस्टयता हङकङ आउने व्यक्तिले ३ दिन होटल क्वारेन्टिन र ४ दिन आफ्नो निवासमा आइसोलेसनमा बस्न सकिने व्यवस्था गरेको थियो । त्यसअघि एक साता र अझ त्योभन्दा अघि २१ दिनसम्म अनिवार्य रुपमा होटल क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था थियो ।
होटल क्वारेन्टिनको अन्त्यसँगै हङकङमा पर्यटन र अन्य व्यवसाय सहज बन्दै जाने अपेक्षा गरिएको छ ।