November 24, 2025, Monday
२०८२ मंसिर ९
1:37:26 pm

बहुविवाहको उजुरी दर्ता भएपछि धरानका लेखी सुब्बा फरार

3.4K

सुनसरी । धरानका व्यवसायी लेखीराज सुब्बा फरार भएका छन् । बहुविवाहको उजुरी दर्ता भएर जिल्ला अदालत सुनसरीबाट पक्राउ पुर्जी जारी भएपछि उनी फरार भएका हुन ।

प्रदेश प्रहरी कार्यालय रानी, जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय धरानसमेतको टोलीले उनलार्इ व्यापक रुपमा खोजी गरिरहेको छ । सुब्बा सुनसरी टेक्निकल कलेज धरानका सञ्चालक हुन । उनीमाथि आफ्नै कलेजकी विद्यार्थी तथा त्यही कार्यरत भण्डारी थरकी एक महिला कर्मचारी भगाएर बहु विवाह गरेको आरोप छ ।

लेखीराज सुब्बामाथि गत साउन १५ गते बहुविवाह गरेको कसुरमा इलाका प्रहरी कार्यालय धरानमा जाहेरी दर्ता भएको छ । उनी विरुद्ध जाहेरी दर्ता भएसंगै पक्राउ पर्ने डरले उनी फरार रहेको बताइएको छ । इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक देउप्रसाद लिम्बूले बहुविवाहको अभियोगमा जाहेरी दर्ता भएर पक्राउ पुर्जी जारी भएपछि उनी फरार रहेको र प्रहरीले खोजी कार्यलाइ अगाडि बढाएको बताए ।

Advertisement

प्रदेश, जिल्ला र इलाका तहले समन्वय गरेर उनको खोजीलाइ व्यापक बनाएको प्रहरीले जनाएको छ । उनी धरान, बिराटनगर तथा आसपासकै क्षेत्रमा भएको पारिबारिक स्रोतले बताएको छ ।