November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

जङ्गलमा दाउरा काट्न गएका ११ किसानको गोली हानी हत्या

2.6K

लन्डन । नाइजरको दक्षिणपूर्वी क्षेत्रमा ११ जना किसानको गोली हानी हत्या गरिएको छ । बोको हरामका संदिग्ध जिहादी लडाकूहरूले नाइजरका नौ र नाइजेरियाका दुईको हत्या गरेको स्थानीय अधिकारीले बताएका छन् ।

आक्रमणस्थल नजिकै रहेको सहरका मेयर इसा बोंगाका अनुसार टौम्मौरबाट सात किलोमिटर टाढा बोको हराम निकट लडाकूले मङ्गलबार बिहान गोली हानेर ११ जना किसानको हत्या गरेको बताएको अन्तराष्ट्रिय समाचारहरुले उल्लेख गरेका छन् । हत्या गरिएका सबै ११ जना जङ्गलमा दाउरा काट्न गएका थिए ।

‘दाउरा खोज्न गएका अन्य १३ किसानलाई जिहादी समूहले बन्धक बनाइ राखेका छन् भने ११ जनाको हत्या गरिएको छ,’ दक्षिणपूर्वी नाइजरको सुरक्षा समस्याबारे नजिकबाट रिपोर्टिङ गर्ने जेउनेस डिफा (डिफा युथ) नामक स्थानीय समूहले फेसबुकमा उल्लेख गरेको छ ।

Advertisement

‘यसबाहेक, आतङ्ककारीहरूले रिहा गरिएका दाउरा सङ्कलन गर्न गएका किसानहरूमध्ये एक जनामार्फत एक सन्देश पठाई स्थानीय बासिन्दाहरूलाई उनीहरूले काम गर्ने क्षेत्रमा अब बारम्बार नजान चेतावनी दिएका थिए,’ समूहको पोस्टिमा भनिएको छ ।

चाड ताल छोड्ने आदेशको अवज्ञा गरेको भन्दै जिहादीहरूले यस महिनाको सुरुमा नाइजर र नाइजेरियाका कैयौँ मछुवाहरूको हत्या गरेका थिए ।

एक स्थानीय अधिकारीका अनुसार अगस्टको अन्त्यमा उनीहरूले स्थानीयलाई टापु छोड्न आदेश दिएका थिए र पालना नगर्ने केही मानिसहरूको हत्या गरेका थिए ।
उक्त सहर लेक चाडको तल्लो क्षेत्र नजिकै डिफामा अवस्थित छ । यो एक क्षेत्र क्यामरून, चाड, नाइजर र नाइजेरिया गरी चार देशको सीमा एकाकार हुने क्षेत्र हो ।

बोको हराम र यसको प्रतिद्वन्द्वी ‘इस्लामिक स्टेट इन वेस्ट अफ्रिका प्रोभिन्स’ ले लेक चाड क्षेत्रका धेरै साना टापुहरूमा आफ्नो अखडा स्थापना गरेका छन् ।