हेटौंडा : मकवानपुरमा एकैदिन १ सय २४ जनामा डेंगु संक्रमण पुष्टि भएको छ। डेंगु संक्रमणबाट हेटौँडामा १३ वर्षीय बालकको मृत्यु भइसकेको छ।
मकवानपुर जिल्ला स्वास्थ्य कार्यालयले मकवानपुरमा २४ घण्टामा १ सय २४ जनामा डेंगु संक्रमण पुष्टि भएको जानकारी दिएको हो। कार्यालयका अनुसार संक्रमित अधिकां हेटौँडा उपमहानगरपालिकाभित्रका छन्।
हेटौँडाका १ सय १४ जनामा संक्रमण देखिँदा थाहा नगरपालिकामा ५ जना, मनहरी गाउँपालिकामा ३ जना‚ मकवानपुरगढी र भीमफेदीमा १/१ जना संक्रमित भएका छन्।
मकवानपुरमा बुधबार दिउँसोसम्मको रिपोर्टअनुसार १ हजार ३ सय ३१ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिए। संक्रमित हुनेमा पुरुष ७ सय ७४ र महिला ५ सय ५७ जना छन्।
हेटौँडामा डेंगु प्रकोपको रुपमा देखिएको भन्दै लामखुट्टेको टोकाइबाट बच्न सबैखाले सुरक्षा अपनाउन घिमिरेले आग्रह गरे। मकवानपुरमा मंगलबार मात्रै ९५ जनामा डेंगु संक्रमण पुष्टि भएको थियो।
९५ जनामध्ये हेटौैँडाका मात्रै ९२ जना थिए। बाँकी मकवानपुरगढी, मनहरी र बागमती गाउँपालिकाका १/१ जनामा संक्रमण देखिएको घिमिरेले बताए।