April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

मेची राजमार्गको फिदिम काबेली खण्डमा पहिरो

1.3K

पाँचथर । मेची राजमार्गको फिदिम–काबेली खण्डमा पहिरो खसेको छ । लगातार परिरहेको वर्षाको कारण पहिरो झर्दा मेची राजमार्गको फिदिम काबेली खण्ड पहिरोका कारण अवरुद्ध बनेको हो ।

सोमबार राति झरेको पहिरोको करण करिब ३० मिटर माथिबाट ढुङ्गा झर्दा मेची राजमार्गअन्तर्गत हिलिहाङ गाउँपालिका २ अमरपुरमा सडकमा झरेपछि सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । सडक अवरुद्ध बनेपछि ताप्लेजुङबाट फिदिम हुँदै तराईसम्म झर्ने तथा फिदिमसहित विभिन्न स्थानबाट ताप्लेजुङतर्फ जाने सवारीका साधन बाटोमै रोकीएका छन् ।

सडक सुचारु गर्न पहिरो पन्छाउने कार्य सुरु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । पहिरोले अन्य क्षति नगरेपनि सडक पूर्ण रूपले अवरुद्ध बनाएको स्थानीयवासीले जनाएका छन् ।

Advertisement