काठमाडौं । बुढानिलकण्ठ नगरपालिका वडा नं १३ चुनिखेलमा रहेको करूणा हस्पिटलमा निःशुल्क हेमोडायलोसिस सेवा सुरू भएको छ । किड्नीका विरामीहरुलाई सहज र आफ्नै गाउँमा सेवा पुगोस् भन्ने हेतुले भएको प्रयास स्वरूप १० वटा डायलोसिस मेसिनबाट करूणा हस्पिटलमा राखेर सेवा सन्चालन गर्न थालिएको हो ।
मायादया क्लिनिक र सांसद गगन थापाको प्रयासमा सुरू भएको डायलोसिस सेवा बुढानिलकण्ठवासीहरूमा लक्षीत रहेको छ । बुढानिलकण्ठवासी किड्नीका रोगी जसलाई डायलोसिस आवश्यक छ तिनीहरूलाइ मायादया क्लिनिकले करूणा हस्पिटलमा निःशुल्क डायलोसिस सेवा प्रदान गर्ने जानकारी प्राप्त भएको छ ।
डायलोसिस सेवाको सुरूवात सांसद तथा नेका महामन्त्री गगन थापा र मायादया क्लिनिकका अध्यक्ष साङ्गे तेन्जिङ् शेर्पाले संयुक्त रूपमा गरेका थिए ।