April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

फहराइयो ‘लेनिन पिक’मा युवा संघ नेपालको तारा अंकित झण्डा

1.6K

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालको तारा अंकित झण्डा किर्गिस्तानको ‘लेनिन पिक’मा फहराइएको छ । दोलखा जिरीका हिमाल आरोही लालबहादुर जिरेलले युवा संघको तारा अंकित झण्डा लेनिन पिकमा फहराएका हुन् ।

करिब एक महिना अघि युवा संघको केन्द्रीय कार्यालय बुद्धनगरमा आयोजित कार्यक्रममा युवा संघ नेपालका अध्यक्ष नरेश शाहीले आरोही जिरेललाई आरोहण सफलताको शुभकामना सहित झण्डा हस्तान्तरण गरेका थिए ।

सर्वोच्च शिखर सगरमाथा सहित साना/ठूला थुप्रै हिमालको सफल आरोहण गरिसक्नुभएका जिरेल ‘लेनिन पिक’ चढ्न युवा संघको झण्डा सहित किर्गिस्तान पुगेका हुन् । उक्त हिमालमा पार्टीको चुनाव चिन्ह कलम र युवा संघको झण्डा फहराएका उनलाई युवा संघका अध्यक्ष नरेश शाहीले आरोहण सफलताको शुभकामना सहित नेपालको पहिचान विश्व माझ पुर्याउन गरेको प्रयासको प्रशंसा व्यक्त गरेका छन् ।

Advertisement

एकीकृत समाजवादीको बाग्मती प्रदेश सम्पर्क समन्वय कमिटीका सदस्य समेत रहेका जिरेल प्रसिद्ध हिमाल आरोही हुन् । स्थानीय निर्वाचन-२०७९ मा जिरी नगरपालिका वडा नं. ४ मा वडा अध्यक्षको उम्मेद्वार समेत रहेका जिरेल यस अघि पनि दुई पटक सर्वोच्च शिखर सगरमाथाको आरोहण गरिसकेका छन् ।

उनले मनास्लु, डवलम , पुमरी , मेरा पिक, सिंगा चुली, टेनपिक , दम्पोस पिक, लार्के पिक, अम्विगेप्चेन , आइसल्याण्ड पिक, लवुजे पिक, सोलु पिक, लाङसिसरी , नयाँकाङ , एलापिक , रमुदङ , खाम्सेकु लगायत २६ बढी हिमाल रोहण गरिसकेका छन् । जिरेलले यसअघि पनि किर्गिस्थानको लेनिन पिकको आरोहण गरिसकेका छन् ।