November 24, 2025, Monday
२०८२ मंसिर ८
1:37:26 pm

समाचार प्रकाशनमा आचारसंहिता पालना गर्न अनलाइन पत्रकार संघको आग्रह

2.1K

काठमाडौं । अनलाइन पत्रकार संघले इन्टरनेटको माध्यमबाट समाचार प्रकाशन तथा प्रसारण गर्दा पत्रकार आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गरेको छ।

संघका सचिव गोविन्द मरासिनीले बुधबार एक विज्ञप्तिमार्फत पछिल्लो समय बलात्कारसम्बन्धी उजुरी र अदालतका फैसला सम्बन्धमा विभिन्न अनलाइन सञ्चारमाध्यममा प्रकाशन एवं प्रसारण भइरहेका समाचारमा पत्रकार आचारसंहिता पालना नभएको सन्दर्भमा यस्तो आग्रह गरेको हो।

‘इन्टरनेटको माध्यम बनाएर समाचार सामग्री प्रकाशन प्रसारण गर्दा पत्रकार आचारसंहिता, कानुनले निषेध गरेका विषयवस्तु तथा पीडितको पहिचान गोप्य राख्नुपर्ने, अदालतमा चलिरहेका मुद्दा र उसले गरेका फैसलाको विषयमा संवेदनशील हुनुपर्ने जस्ता पत्रकारिताका आधारभूत मूल्य, मान्यता तथा सिद्धान्तहरुलाई पूर्ण रुपमा पालना गरी प्रकाशन, प्रसारण गर्नुहुन सम्पूर्ण पत्रकार तथा सञ्चारमाध्यमहरुलाई अनलाइन पत्रकार संघ पुनःआग्रह गर्दछ,’ जारी विज्ञप्तिमा उल्लेख छ।

Advertisement