November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

काठमाडौं–९ बाट प्रतिनिधि सभामा कांग्रेसका नेता धर्मराज गौतम सिफारिस

6.8K

काठमाडौं । नेपाली काङ्ग्रेसका युवा नेता धर्मराज गौतमले आगामी मङ्सिर ४ गते हुन गइरहेको निर्वाचनमा काठमाडौं क्षेत्र न.९ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिने घोषणा गरेका छन् ।

नैकाप पार्टी प्यालेस, नैकापमा भदौ १५ गते आयोजित नेपाली काङ्ग्रेस क्षेत्रीय कार्यकर्ता भेलामा बोल्दै आफ्नो उम्मेदवारी बदलिँदो राजनीतिक परिवेश तथा जनचाहना अनुरुप आएको बताएका थिए । उक्त भेलामा क्षेत्रीय समितिले उनको नाम माथिल्लो तहमा सिफारिस गरिने जनाएको थियो ।

राष्ट्रिय सरोकार तथा हितका लागि पारदर्शी रूपमा संसदीय गतिविधि अगाडि बढाउन, जनताको प्रत्यक्ष सरोकारको विषयलाई आत्मसात् गर्दै, संस्कार र पद्धतिको विकाश गर्न, नेतृत्वको सम्मान तथा युवाहरुको चाहनालाई साथ दिन, समाजमा लामो समय देखि देखिएका विकृति तथा विसंगतिलाई परास्त गर्न सामाजिक तथा राजनैतिक पृष्ठभुमिका साथै नेतृत्वदायी भुमिका निभाइसकेकाले धर्मराज गौतमको प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिने निर्णयललाई उक्त क्षेत्रमा निक्कै महत्वका साथ हेरिएको छ।

Advertisement

उनको राजनीतिक जीवन यात्राको बिगत ४३ बर्ष हेर्ने हो भने, प्रतिबन्धित अवस्था देखिनै नेपाल विद्यार्थी संघबाट सुरु भएको राजनीति , बिक्रम सम्बत २०४७ सालमा नेपाल विद्यार्थी संघ काठमाडौं सभापति देखि २०औं बर्ष नेपाली काङ्ग्रेसको क्षेत्रीय सभापति, महाअधिवेशन तथा केन्द्रिय प्रतिनिधि, राष्ट्रिय स्तरको क्षेत्रिय सभापतिहरुको भेलाको संयोजक लगाएत गत निर्वाचनमा काठमाडौं क्षेत्र न।९ ख प्रदेश सभा तथा बागमती प्रदेश उपसभापतिको उम्मेदवार समेत रहेका थिए ।

नेपाली काङ्ग्रेसले मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन प्रक्रिया, गतिविधि तथा उम्मेदवारहरुको लागि सिफारिस प्रक्रिया अगाडि बढाउन सम्बन्धित निकायमा आव्हान गरिसकेको छ । काठमाडौं क्षेत्र न. ९ प्रतिनिधि सभामा प्रत्येक्ष तर्फ ६ जना तथा समानुपातिक तर्फ ४ जना गरि १० जना उम्मेदवारको नाम क्षेत्रले सिफारिस गर्ने जनाएको छ । जसमा प्रत्यक्षतर्फ धर्मराज गौतम, ध्यान गोबिन्द रन्जित, जय कृष्ण महर्जन, नानू बस्तोला, गौरी प्रसाद दवाडी र तिर्थराम डङ्गोल रहेका छन । त्यस्तै गरी समानुपातिक तर्फबाट सिफारिस हुनेहरुमा दामोदर गौतम, किरण गिरि, बासु कार्की र बन्दना थापा खड्का रहेका छन।