November 24, 2025, Monday
२०८२ मंसिर ८
1:37:26 pm

कांग्रेस राष्ट्रिय सभाको संसदीय दलको नेतामा रायमाझी

2.1K

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम प्रधानमन्त्री शेर बहादुर देउवाले रमेशजंग रायमाझीलाई नेपाली कांग्रेस राष्ट्रिय सभाका लागि संसदीय दलको नेता पदमा मनोनयन गरेका छन् ।

देउवाका निजी सचिब केशवराज जोशीले विज्ञप्ति जारी गर्दै रायमाझीलाई दलको नेतामा मनोनित गरिएको जानकारी दिएका हुन् ।

‘सम्माननीय प्रधानमन्त्री, नेपाली कांग्रेस सभापति एवं संसदीय दलका नेता श्री शेरबहादुर देउवाज्यूले नेपाली कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०७४) को धारा १२ को उपधारा (१) बमोजिम राष्ट्रिय सभा सदस्य माननीय रमेशजंग रायमाझीलाई नेपाली कांग्रेस राष्ट्रिय सभाका लागि संसदीय दलको नेता पदमा मनोनयन गर्नु भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

Advertisement