April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

एमाले सांसदको विरोधपछि सभामुखको रुलिङ: ‘त्रिविको समस्या शिघ्र समाधान गर्नु’

1.7K

काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघले गरिरहेको तालाबन्दीलगायत कार्यप्रति एमालेले संसद्‌मा सरकारमाथि गम्भीर प्रश्न उठाएको छ ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा एमालेले त्रिभुवन विश्वविद्यालयमा सरकारको संरक्षणमा कांग्रेसको भ्रातृ संगठनले गरिरहेको क्रियाकलापमा नियन्त्रण गर्नुपर्ने बताएको हो । एमाले सांसद प्रदीप ज्ञवालीले नेविसंघले गरिरहेका क्रियाकलापमा सरकारको संरक्षण रहेको पनि आरोप लगाए ।

एमालेका सांसदहरुले त्रिविका विषयमा प्रश्न उठाएपछि सभामुख अग्निप्रसाद सापकोटाले त्रिबिमा देखिएको समस्या शिघ्र समाधान गर्न सरकारलाई रुलिङ गरेका छन्। विश्वविद्यालयमा तालाबन्दी लगायतका विरोधका कार्यक्रमले पठनपाठन प्रभावित भएकोप्रति प्रतिनिधि सभाको गम्भिर ध्यानाकर्षण भएको बताए । उनले त्रिभूवन विश्वविद्यालयको समस्यालाई शिघ्र समाधान गर्न सरकारलाई निर्देशन दिए।

Advertisement

सदनमा बोल्ने क्रममा सांसद ज्ञवालीले विश्वविद्यालयमा यसरी प्राध्यापकहरुमाथि आक्रमण हुनुले तथा अराजकता मौलाउनुले शिक्षाको गुणस्तर कायम नहुने बताए । बताए। उनले त्रिभूवन विश्वविद्यालयमा घटीरहेका घटनाहरुको सम्बन्धमा एमाले टुलुटुले हेरेर नबस्ने बताए।

सांसद ज्ञवालीले त्रिभूवन विश्वविद्यालय चरम गुण्डागर्दीले त्रसित रहेको भन्दै प्रधानमन्त्री र गृहमन्त्रीले आफ्नो विद्यार्थी संगठनलाई गुण्डागर्दी गर्न सिकाएको हो ? भन्ने प्रश्न गरे।