November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

एमाले पोलिटब्युरो बैठक बस्दै

1.6K

काठमाडाैं । नेकपा एमालेको पोलिटब्युरो बैठक बस्दै छ।

ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बिहीबार बिहान ११ बजे उक्त बैठक बस्ने एमाले प्रचार तथा प्रकाशन विभाग उपप्रमुख विष्णु रिजालले बताए।

बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार केन्द्रीय कमिटीमा पेश गर्ने राजनीतिक प्रतिवेदनबारे जानकारी गराउनेछन्।

Advertisement

भदौ १० र ११ गते पार्टीको केन्द्रीय कमिटी बैठक बस्ने भएको छ।

यही भदौ ७ गते बसेको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गरेको थियो।