November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

मंसिरको चुनावपछि एमाले सरकार बनेन भने देश बर्बादीमा जान्छ: केपी ओली

1.7K

काठमाडौँ — नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर ४ गतेको निर्वाचनपछि नेकपा एमालेको सरकार बनेन भने देश झन् बर्बादीतर्फ जाने चेतावनी दिएका छन् ।

गठबन्धनको सरकार बनेको एक वर्षमा देश तहसनहस भएको उनको जिकिर छ।

शनिबार झापाको बिर्तामोडमा प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसनको दोस्रो प्रदेशस्तरीय अधिवेशनको उद्घाटन गर्दै एमाले अध्यक्ष ओलीले यस्तो बताएका हुन् । यस क्रममा उनले सत्ता गठबन्धनकै सरकारका कारण बेतिथि उत्कर्षमा पुगेको बताए ।

Advertisement

परमादेशबाट बनेको सरकारले जनादेश प्राप्त गरेर फेरि पनि अहिले सरकारमा भएका दलहरूको सरकार बन्यो भने ‘त्यो सरकारले मान्छे कुट्दै हिँड्ने’ उनले दाबी गरे ।