काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ महासचिवमा देवप्रसाद गुरुङको नाम प्रस्ताव गरेका छन् । सबैभन्दा बढी चासो रहेको महासचिवमा गुरुङ चयन भएका हुन्। यसअघि सो पदमा वर्षमान पुन र जनार्दन शर्माको दाबी थियो।
शनिबार बसेको स्थायी कमिटी बैठकमा प्रचण्डले २१ जना पदाधिकारीको नाम प्रस्ताव गरेका हुन्। यस्तै, वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्षमा कृष्णबहादुर महराको नाम प्रस्ताव गरिएको छ ।
उपमहासचिवमा गिरीराजमणी पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, पम्फा भुसाल, जनार्दन शर्मा, मात्रिका यादव र शक्ति बस्नेतको नाम प्रस्ताव गरिएको छ । सचिवहरुमा दिनानाथ शर्मा, चक्रपाणी खनाल, देवेन्द्र पौडेल, लिलामणी पोखेरेल, गणेश साह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र राम कार्कीको नाम प्रस्ताव भएको छ । यस्तै, कोषाध्यक्षमा श्रीराम ढकाल प्रस्ताव भएका छन् ।




