काठमाडौं । साउन १ गतेदेखि नयाँ तलबमान र ग्रेड लागू हुने भएको छ । साउन २६ मा बसेको मन्त्रिपरिषद बैठकले सबै तहका निजामती कर्मचारीसहित शिक्षकसम्मको नयाँ तलबमान र ग्रेड वृद्धि गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्वास्थ्य सेवा, संसद सेवा, सामुदायिक विद्यालय शिक्षकको साउन १ देखि लागू हुने गरी नयाँ तलबमान र ग्रेड स्वीकृत गर्ने मन्त्रिपरिषदले निर्णय गरेको छ ।
सरकारले बजेटमार्फत् सरकारी कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गरे अनुसार नै नयाँ तलबमान र ग्रेड वृद्धि गरिएको हो ।