April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

आज ७८१ जना कोरोना संक्रमित‚ ६३ जना आइसियू र ८ जना भेन्टिलेटरमा

2.4K

काठमाडौं : देशभर शुक्रबार ७ सय ८१ जना कोभिड १९ का संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार यस अवधिमा ४ हजार ७१२ जनामा गरिएको परीक्षणमा ७ सय ८१ जनामा संक्रमण पुष्टि भएको हो।

आज ५ सय ११ जना संक्रमणमुक्त भएका छन् भने २ जना संक्रमितको मृत्यु भएको छ। 

मन्त्रालयको विवरण अनुसार हाल देशभर ५ हजार ७७५ जना सक्रिय संक्रमित रहेका छन्। हाल काठमाडौंमा २ हजार ८६४ जना, ललितपुरमा ८९३ जना र भक्तपुरमा ८८ जना सक्रिय संक्रमित रहेका छन्। 

Advertisement

सक्रिय संक्रमितमध्ये ६३ जना आइसियू र ८ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् भने २१९ जना संक्रमित संस्थागत आइसोलेशन र ५ हजार ५६५ जना होम आइसोलेशनमा रहेका छन्।