April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

मनोक्रान्ती टीम युकेमा थप कार्यसमिति चयन

2.9K

लन्डन । मनोक्रान्ती टीम युकेले थप कार्यसमिति चयन गरेको छ । ‘संसारलाई बदल्नु छ सुरु आफैबाट गर्नु छ’ भन्ने नारासहित नेपालका दार्शनिक डा. योगि विकाशानन्दद्वारा प्रतिपादित मनोक्रान्ती दर्शनको १ वर्ष अघि बेलायतमा ‘मनोक्रान्ती योगा च्याराइटी क्लब फार्नबोरो’ खडा गरिएको थियो ।

योग प्रशिक्षक तथा रेकि मास्टर नगेन्द्र राज नेम्बाङको अध्यक्षतामा खडा गरिएको उक्त समूहमा थप उपाध्यक्ष प्रमिला लाबुङ राई, कोषाध्यक्ष कुमार एसके गुरुङ, सदस्यहरुमा छबी सेलिङ, होमा लिम्बु, योग प्रशिक्षक गोप बहादुर सिङ्जाली मगर, युवा सङ्योजक शान्ती लिम्बु, सङ्स्थापक सल्लाहकारहरुमा खड्गजङ आङ्बुहाङ र भक्तिहाङ नेम्बाङ चयन भएका हुन् ।

कोषाध्यक्ष नरेन्द्र तुम्बापोको परिवारिक व्यस्तताको कारण उक्त कार्यभार कुमार एसके गुरुङ्लाई सुम्पिएको जनाइएको छ ।

Advertisement

यसअघिको कार्यसमितिमा उपाध्यक्ष धन कुमार नेम्बाङ, सचिव भगिस्वर फागो चोङ्बाङ रहेका थिए । थप पदाधिकारीहरुको चयन गरी पूर्ण कार्यसमितिको गठन गरिएको समितिका एक सदस्यले जानकारी दिए ।

नवनियुक्त पदाधिकारिहरुलाई अध्यक्ष नेम्बाङ् र सल्लाहकार खड्गजङ आङ्बुहाङ्ले खादा ओडाएर स्वागत तथा सम्मान गरेका थिए । यस्तै, सदस्य गोप बहादुर सिङ्जाली मगरले ६० घन्टा ‘योग टीचर्स ट्रेनिङ’ सफलतापूर्वक सम्पन्न गरेकोमा ‘योग टीचर’को प्रमाण पत्र प्रदान गरिएको थियो ।

अध्यक्ष नेम्बाङले अब चाडै बेलायतको विभिन्न स्थानहरुमा च्याराइटी योगा कक्षाहरु सन्चालन गर्ने, न्यूनतम शुल्क संकलन गरी नेपालमा रहेका अपाङ्ग असहायहरुलाई सहयोग गर्ने बताए ।

उक्त कार्यक्रममा बोल्ने क्रममा सल्लाहकार आङ्बुहाङ र उपाध्यक्ष प्रमिला लाबुङ राईले मनोक्रान्ती अहिलेको आवस्यकता भएको र यसबाट सबैले लाभ लिन सक्नुपर्ने बताए ।