काठमाडौं । नेकपा एमालेले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन प्रयोजनका लागि आज दल दर्ता गर्ने भएको छ । प्रमुख प्रतिपक्षी दल एमालेले मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आज दिउँसो निर्वाचन आयोगमा दल दर्ता गर्ने भएको हो ।
आज दिउँसो १२ः३० बजे पार्टीका उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, उपमहासचिव तथा निर्वाचन विभाग प्रमुख विष्णु रिमाललगायतका नेता कार्यकर्ता आयोग पुग्ने तयारी रहेको छ ।
निर्वाचन आयोगले आमनिर्वाचनका लागि साउन २२ देखि ३१ गतेभित्र दल दर्ताका लागि आह्वान गरेको थियो । आयोगले असोज २३ गते उम्मेदवारको मनोनयन गर्दा गर्ने गरि निर्वाचन कार्यतालिका स्वीकृत गरिसकेको छ ।