April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

९३४ जनामा कोरोना संक्रमण पुष्टि, एकको मृत्यु

2.1K

काठमाडौं । नेपालमा आज थप ९३४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ३५१ जनाको परीक्षणमा ९३४ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोनाको सक्रिय संक्रमितको संख्या ५ हजार ६८६ पुगेको छ भने ४७० जना संक्रमणमुक्त भएका छन् । त्यस्तै, कोरोना संक्रमणबाट एक जनाको मृत्‍यु भएको छ ।

५ हजार ५०९ जना होम आइसोलेसनमा रहेका छन् भने १७७ जना संस्थागत आइसोलेसन र ४७ जना आईसीयूमा छन् । यस्तै ३ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

Advertisement