April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

इजरायलमा पुन: लकडाउन घोषणा

2.1K

काठमाडौँ – कोरोना भाइरसको महामारी थप फैलिन नदिन इजरायलमा पुन: लकडाउनको घोषणा गरिएको छ ।

इजरायलमा तेस्रो चरणको पूर्ण लकडाउन हुन लागेको हो । पर्सि आइतबारदेखि लागू हुने लकडाउन देशव्यापी हुने इजरायलको प्रधानमन्त्री कार्यालय र स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

तेस्रो चरणको पूर्ण लकडाउन तत्काल दुई हप्ताका लागि हुनेछ । तर आवश्यकताअनुसार लम्ब्याउन पनि सकिने विज्ञप्तिमा उल्लेख छ । लकडाउन अन्तर्गत घरदेखि एक हजार मिटरभन्दा बढी टाढा जान पाइनेछैन । एक ठाउँबाट अर्को ठाउँमा गएर बस्न पनि पाइनेछैन ।  

Advertisement

लकडाउनका बेलामा तल्लो तहमा पूर्व प्राथमिक, कक्षा एकदेखि ४ सम्म र माथिल्लो तहमा कक्षा ११ र १२ का पढाइ मात्रै सञ्चालन गर्न दिइने भएको छ । इजरायलमा दैनिक चार हजारभन्दा बढी कोरोनाका नयाँ सङ्क्रमित थपिने गरेका छन् ।

दैनिक सङ्क्रमितको सङ्ख्या एक हजारभन्दा कम नहुँदासम्म लकडाउन कायमै रहने खबरमा उल्लेख छ । व्यावसायीक तथा व्यापारिक कार्यालयहरू बन्द हुनेछन् तर अत्यावश्यक सेवाका कार्यालय भने खुल्नेछन् ।